site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लेबनानको सुखद अन्त्य, कीर्गिस्तान जितविहीन

काठमाडौं । नेपालमा जारी चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा लेबनानले सुखद अन्त्य गरेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा लेबनानले आफ्नो अन्तिम खेलमा कीर्गिस्तानलाई २–० ले हराउँदै प्रतियोगिताको अन्त्य सुखद बनाएको हो । यो जितसँगै तीन खेल खेल्दा लेबनानले एक जित र दुई हारसहित प्रतियोगिताको अन्त्य गरेको छ । यता, कीर्गिस्तान भने प्रतियोगितामा जितविहीन बनेको छ ।

आइतबारको खेलमा लेबनानले दुवै गोल पहिलो हाफमा गरेको हो । क्रिस्टी मालोउफले १३औँ मिनेटमा गोल गर्दै लेबनानलाई अग्रता दिलाएकी थिइन् । त्यसको नौ मिनेटपछि नै लेबनानले अग्रता दोब्बर बनायो । २२औँ मिनेटमा मे रोज म्हानाले लेबनानको अग्रतालाई दोब्बर बनाएकी थिइन् ।

खेलमा जित हासिल गरेसँगै लेबनानले अंक तालिकामा तेस्रो हुँदै प्रतियोगिता यात्रा पनि समाप्त गरेको छ । लेबनानले यसअघि पहिलो खेलमा म्यानमारसँग ३–१ ले र दोस्रो खेलमा नेपालसँग १–० को हार बेहोरेको थियो ।

यता, कीर्गिस्तानले भने पहिलो खेलमा नेपालसँग १–० र दोस्रो खेलमा म्यानमारसँग ५–० को हार बेहोरेको थियो ।

 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro