site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लाहोर मैदानमा भारतको राष्ट्रिय गान बजेपछि पाकिस्तानको असन्तुष्टि

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीअन्तर्गत इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको खेलअघि भारतको राष्ट्रिय गान बजेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले असन्तुष्टि जनाएको छ ।

शनिबार राति पाकिस्तानको लाहोरमा खेलअघि इंग्ल्यान्डको राष्ट्रिय गान बजेको थियो । त्यसपछि अस्ट्रेलियाको राष्ट्रिय गान बज्नुपर्ने थियो । तर,  भारतको राष्ट्रिय धुन केही बेर बजेर रोकिएको थियो । यसबारे पीसीबीले आईसीसीको गल्ती रहेको जनाउँदै असन्तुष्टि व्यक्त गरेको हो ।

पीसीबीका अनुसार, राष्ट्रिय गानको सूची दिने र खेलअघि बजाउने जिम्मेवारी आईसीसीको हो । पीसीबीले आईसीसीसामु सूचीको अग्रस्थानमा भारतको राष्ट्रिय गान कसरी आयो भनेर प्रश्न पनि गरेको छ ।

च्याम्पियन्स ट्रफीको आयोजना अधिकार पाकिस्तानले पाएको भए पनि भारतले त्यहाँ खेल्ने छैन । दुई देशबीचको चरम राजनीतिक तिक्तताका कारण भारत सरकारले आफ्नो क्रिकेट टिमलाई भ्रमणको अनुमति नदिँदा उसले सबै खेल दुबईमा खेल्नेछ ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro