site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
च्याम्पियन्स ट्रफी : सामी र गिलप्रेरित भारतको सहज जित 

काठमाडौं । बलिङतर्फ मोहमद सामी र ब्याटिङमा सुभमन गिल चम्किएपछि आईसीसी च्याम्पियन्स ट्रफीमा भारतले विजयी सुरुआत गरेको छ । 

भारतले बिहीबार भएको खेलमा बंगलादेशविरुद्ध ६ विकेटको सहज जित निकालेको हो । 

युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको २२९ रनको लक्ष्य भारतले ४६.३ ओभरमा चार विकेट गुमाएर पुरा गर्यो । 

भारतको जितमा युवा ओपनर सुभमन गिलले सर्वाधिक अविजित १०१ रन बनाए । उनले १२९ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । कप्तान रोहित शर्मा र केएल राहुलले समान ४१ रन थप्दा विराट कोहलीले २२ र श्रेयस ऐयरले १५ रन जोडे । 

बंगलादेशका रिसाद हुसैनले दुई विकेट लिए । तास्किन अहमेद र मुस्ताफिजुर रहमानले समान एक विकेट लिए । 

त्यसअघि भारतका सामीले पाँच विकेट लिएपछि टस जितेर ब्याटिङ रोजेको बंगलादेश ४९.४ ओभरमा २२८ रनमै समेटिएको थियो । 

बंगलादेशका शीर्ष क्रम ब्याटर धरासायी बन्दा तोहिद ह्रिदोयले १०० रन बनाए । उनले ११८ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । तोहिदले ३५–५ को नाजुक स्थितिबाट जाकेर अलिसँग १५४ रनको साझेदारी गर्दै बंगलादेशको इनिङलाई सम्मानजनक योगफलतर्फ बढाएका थिए । 

ताकेरले ११४ बलमा चार चौकासहित ६८ रन बनाए । ओपनर तान्जिद हसनले २५ र रिसाद हुसैनले १८ रन थपे । यसबाहेक, बंगलादेशका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । 

बंगलादेशका चार ब्याटर शून्यमै पभेलियन फर्किएका थिए ।

बंगलादेशलाई मध्यम योगफलमा रोक्न भारतका सामीले पाँच विकेट लिए । १० ओभर बलिङ गरेका सामीले ५३ रन खर्चिए । यस्तै हर्षित रानाले तीन विकेट लिँदा अक्षर पटेलको नाममा दुई विकेट रह्यो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ०९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro