site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भद्रपुर झापा गोल्डकप : नेपालसहित चार देशका १० टोली सहभागी हुँदै

काठमाडौं । दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ मा नेपाल, भारत, भुटान र बंगलादेशका १० टोली सहभागी हुने भएका छन् । यही फागुन ७ देखि फागुन १६ गते मेची रंगशालामा प्रतियोगिताका खेल हुँदै छन् ।  

सोमबार आयोजित पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष दीपेश ढकालले २० हजार दर्शक अटाउने गरी स्थायी र बाँसको अस्थायी प्याराफिट निर्माण गरिएको बताए । दर्शकले क्वाटरफाइनलसम्मका खेल हेर्न दुईसय, सेमिफाइनलमा तीनसय र फाइनलका लागि बाँसको अस्थायी प्याराफिटमा तीन सय तथा पक्की प्याराफिटका लागि पाँचसय टिकट दर कायम गरिएको उनले जानकारी दिए ।

प्रतियोगितामा घरेलु टोली भद्रपुर ब्लेजर्स, ए डिभिजन क्लब चर्च ब्याइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, सशस्त्र प्रहरीको एपीएप एफसी र झापा–११ गरी सात नेपाली टोली सहभागी हुँदैछन् । यसैगरी भारतको दार्जिलिङ पुलिस एफसी, भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसी र बंगलादेशको काउर्न बजार प्रगति संघ गरी तीन विदेशी टोली सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेता टोलीले नगद १३ लाख तथा उपविजेताले नगद सात लाख प्राप्त गर्नेछन् ।  यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख पाँच हजार, उत्कृष्ट गोल किपर, उच्च गोलकर्ता, उदियमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार प्राप्त गर्ने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई २१ हजार नगद पुरुस्कार प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न एक करोड ७८ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।

 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  २०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro