site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रियालको पुनरागमन जितमा बेलिघङ्म निर्णायक 

काठमाडौं । इन्जुरी समयमा इंग्लिस फरवार्ड जुड बेलिङ्घमले निर्णायक गोल गरेपछि स्पेनिस जायन्ट रियाल मड्रिडले म्यानचेस्टर सिटीविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ । 

मंगलबार राति प्रिमियर लिग विजेता सिटीको मैदान इत्तिहाद रंगशालामा भएको खेलमा घरेलु टिमले दुईपटक अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन । 

सिटीका नर्वेजियन फरवार्ड एर्लिङ हाल्यान्डले गोल गर्दै घरेलु समर्थकमाझ आफ्नो टिमलाई अग्रतामा राखेका थिए । यही गोलमा सिटीले पहिलो हाफसम्म १–० को अग्रता बनाएको थियो । 

६०औँ मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै रियाललाई खेलमा फर्काए । ८०औँ मिनेटमा हाल्यान्डले पेनाल्टीमा गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाएका थिए । रियालका ड्यानी सेबालोसले फिल फोडेनमाथि १८ यार्ड बक्सभित्र फाउल गरेपछि सिटीले पेनाल्टीको अवसर पाएको थियो । जसमा हाल्यान्डले कुनै कमजोरी गरेनन् । 

तर, निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा र इन्जुरी समयमा गोल गर्दै रियालले सिटीलाई घरेलु समर्थकमाझ स्तब्ध बनायो ।

८६औँ मिनेटमा भिनिसियस जुनियरले मिलाएको पासमा ब्राहिम डियाजले गोल गर्दै रियाललाई खेलमा फर्काए । 

इन्जुरी समयमा बेलिङ्घमले भिनिसियसकै पासलाई सदुपयोग गर्दै बललाई जाली चुमाएपछि रियालले च्याम्पियन्स लिगको अन्तिम–१६ सम्भावनालाई बलियो बनाएको हो । 

पहिलो लेगमा घरेलु टिमविरुद्ध नै जित निकालेपछि रियालले नकआउट चरणको सम्भावनालाई बलियो बनाएको छ । यी दुई टिमबीचको दोस्रो लेग फेब्रुअरी २० मा रियालको मैदान सान्टियागो बर्नबेउमा हुनेछ ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ०७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro