site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पुनर्निर्माणपछि गदाफी रंगशालामा पाकिस्तानले खेल्यो पहिलो खेल
तस्बिर : एपी ।

काठमाडौं । पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीका निम्ति पुनर्निर्मित गदाफी रंगशालामा घरेलु टिमले पहिलो खेल खेलेको छ । पाकिस्तानको राष्ट्रिय टिमले शनिबार राति न्युजिल्यान्डसँग एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेको हो ।

विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीबाट च्याम्पियन्स ट्रफीको आयोजना अधिकार पाएपछि पाकिस्तानले ११७ दिनअघि गदाफी रंगशालाको पुनर्निर्माण थालेको थियो ।

खेलमा घरेलु टिमले ७८ रनको हार व्यहोर्‍यो । न्युजिल्यान्डले प्रस्तुत गरेको ३३१ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले ४७.५ ओभरमा सबै विकेट गुमाएर २५२ रन मात्र बनाउन सक्यो । 

पुनर्निर्मित गदाफी रंगशालामा च्याम्पियन्स ट्रफीअन्तर्गतका चार खेल खेलाइनेछ । दोस्रो सेमिफाइनल र फाइनल समेत त्यहाँ हुने सम्भावना उच्च रहेको पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी)का पदाधिकारीले जनाएका छन् ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro