site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रधान सेनापति खुला म्याराथन फागुन १० मा

काठमाडौं । नेपाली सेनाले सेना दिवसको अवसरमा प्रधान सेनापति खुला म्याराथन–२०८१ आयोजना गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली सेनाले २६२औँ सेना दिवसको अवसरमा फागुन १० गते प्रधान सेनापति खुला म्याराथन–२०८१ आयोजना गर्ने भएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख सेनानी नरेश के.सीले ४२.१९५ किमि पुरुष खुला म्याराथन र हाफ म्याराथन २१ किमि महिला र पुरुष दुवैको लागि खुल्ला रहेको बताए । १० किमिको म्याराथन नेपाली सेनाका सैनिक अधिकृतहरू महिला र पुरुष दुवैको लागि रहेको जानकारी दिए ।

१० किमिको म्याराथन नेपाली सेनाका विभिन्न दहमा कार्यरत कर्मचारी र काठमाडौं उपत्यकाका अवकाश प्राप्त सकलदर्जाका १२ कक्षासम्म पढ्ने छोरा छोरीहरूले पनि भाग लिन पाउने उल्लेख गरे । पाँच किमि वकथन प्रमुख अतिथि र आमन्त्रित व्यक्तिहरूको लागि राखिएको बताए । उनले पाँच किमि सैनिक महाविद्यालय र विद्यालयमा अध्ययनरत छात्रछात्राहरूले सहभागिता जनाउन पाउने बताए ।

प्रधान सेनापति खुला म्याराथन–२०८१ मा तीन हजार सहभागिता हुने अपेक्षा रहेको बताए । खुला म्याराथन–२०८१ मा प्रथम हुनेले तीन लाख रुपैयाँ राशिको पुरस्कार पाउनेछन् । द्धितीय हुनेलाई दुई लाख, तृतीय हुनेलाई एक लाख, चौथो हुनेलाई ५० हजार, पाँचौँलाई ३० हजार, छैंटौँ २५ हजार, सातौँ २० हजार, आठौँ १५ हजार, नवौँ १० हजार र दशौँ हुनेलाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।  

त्यस्तै, २१ किमि हाफ म्याराथनमा प्रथम हुने महिला र पुरुष दुवैले ७५ हजार, द्धितीय ५० हजार र तृतीय ३५ हजार रुपैयाँ पाउने छन् । १० किमि दौडमा प्रथम हुनेलाई १० हजार रुपैयाँ राशीको पुरस्कार रहेको छ । म्याराथन तथा हाफ म्याराथन विजेताहरूलाई यामाहा कम्पनीको मोटरसाइकल तथा स्कुटर प्रदान गरिने छ । सेनाका अनुसार खुला म्याराथनमा भाग लिन निःशुल्क दर्ताको व्यवस्था गरिएको र माघ ३० गतेसम्म दर्ता गरिसक्नुपर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro