site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
टाइगर कप भलिबल : आर्मी र भारतको सुनिल क्लबको खेल स्थगित

काठमाडौं । एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबको बीचको खेल स्थगित भएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा चौथो सेटको खेल सुरु हुने समयमा खराब प्रकाशका कारण खेल स्थगित गरिएको हो ।

पहिलो सेट पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको सुनिल भलिबल क्लबले तेस्रो सेट १८–२५ ले आर्मीलाई सुम्पिएको थियो । त्यसपछि खेल स्थगित भएको हो । अब आर्मी र सुनिल भलिबल क्लबबीचको खेल बिहीबार हुनेछ । यसअघि स्थगित भएको टिपटप हेल्प नेपाल स्पोट्र्स क्लब र गण्डकी प्रदेशबीचको खेल पनि भोलि हुने तालिका छ ।

यसअघि भएको खेलमा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोट्र्स क्लबसँग ३–२ सेटले पराजित हुँदै सशस्त्र प्रहरी बल एपीएफ प्रतियोगिताबाट बाहिरिएको थियो । महिलातर्फ भएको खेलमा एपीएफ र ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले जित निकालेका थिए । पहिलो खेलमा ट्राभल इन्क्वारीले आर्मीलाई ३–० र एपीएफले आयोजक टाइगर ग्रुपलाई ३–० को सेटमा पराजित थियो ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro