site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
त्रिभुवन विश्वविद्यालयलाई हराउँदै मध्यपश्चिम फाइनलमा

काठमाडौं । नेपालकै जेठो त्रिभुवन विश्वविद्यालयविरुद्ध ७७ रनको जित निकाल्दै मध्यपश्चिम विश्वविद्यालय टी–२० जय नेपाल कप–२०२५ को फाइनलमा प्रवेश गरेको छ । 

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा मध्यपश्चिम विश्वविद्यालयले प्रस्तुत गरेको १९२ रनको लक्ष्य पछ्याउने क्रममा त्रिभुवन विश्वविद्यालयले निर्धारित १८.३ ओभरमा सबै विकेट गुमाएर ११४ रनमात्र बनाउन सक्यो । 

त्रिभुवन विश्वविद्यालयबाट ओपनर लोकेश बमले सर्वाधिक ४४ रन बनाए । यस्तै, सुरेन्द्रप्रसाद पन्तले १८, सेमोन रोयले १६ भीम सार्कीले १५ र आइस भट्टराईले १० रन थपे । 

त्रिभुवन विश्वविद्यालयलाई सस्तैमा रोक्न मध्यपश्चिमका विपिन खत्री, दिवान पुन र सुवास भण्डारीले समान दुई विकेट लिए । राजकुमार साह र विनित खत्रीको नाममा एक–एक विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको मध्यपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १९१ रनको योगफल खडा गरेको थियो । 

मध्यपश्चिमका ओपनर रवीन्द्रजंग जोशीले सर्वाधिक ६९ रन बनाए । उनले ५० बलमा एक चौका र ६ छक्का प्रहार गरे । यस्तै, दीपकप्रसाद डुम्रेले ३२ बलमा पाँच चौका र पाँच छक्कासहित ६३ रन थपे । 

देवान पुनले १२ बलमा चार चौकासहित २३ रन जोडे । 

मध्यपश्चिमविरुद्ध त्रिभुवन विश्वविद्यालयका मुकेश ओझाले दुई विकेट लिए । यस्तै, अमितकुमार मण्डल, भीम सार्की, सेमोन रोय र सन्तोषबहादुर चन्दले समान एक विकेट लिए । 

जितसँगै फाइनलमा स्थान बनाएको मध्यपश्चिमले अब उपाधिका निम्ति भारतको लखनऊ विश्वविद्यालयविरुद्ध प्रतिस्पर्धा गर्नेछ । लखनऊले आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशको ढाका विश्वविद्यालयविरुद्ध सात विकेटको जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro