site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
३२ खेलमै बार्सिलोनाले गर्‍यो १०० गोल

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले सन् २०२४–२५ सिजनका ३२ खेलमै १०० गोल पूरा गरेको छ । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा भ्यालेन्सियाविरुद्ध ७–१ को जित निकालेसँगै बार्सिलोनाले यो कोसेढुंगा पार गरेको हो ।

जारी सिजन ला लिगामा बार्सिलोनाको यो १३औँ जित हो । तालिकाको तेस्रो स्थानमा रहेको बार्सिलोनाले २१ खेलबाट ४२ अंक जोडेको छ ।

यता, च्याम्पियन्स लिगमा भने बार्सिलोना तालिकाको दोस्रो स्थानमा छ । बार्सिलोनाले च्याम्पियन्स लिगका सात खेलमध्ये ६ खेलमा जित निकालेको छ ।

यसअघि, बार्सिलोनाले गत वर्ष सिजनको पूरा अवधिभर ५३ खेलमा ११० गोल गरेको थियो ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro