site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जेभरेभलाई हराउँदै सिनरले लगातार दोस्रोपटक जिते अस्ट्रेलियन ओपनको उपाधि 

काठमाडौं । वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको उपाधि इटालीका यानिक सिनरले जितेका छन् । आइतबार अस्ट्रेलियाको मेलबर्नस्थित रोड लभेर एरिनामा भएको फाइनलमा जर्मनीका एलेसान्डर जेभरेभलाई सोझो सेटमा हराउँदै सिनरले लगातार दोस्रोपटक अस्ट्रेलियन ओपनको उपाधि जितेका हुन् ।

विश्व वरीयताको शीर्ष स्थानका सिनरले दोस्रो स्थानमा आसिन जेभरेभलाई ६–३, ७–६ (७–४), ६–३ ले हराएका हुन् । 

मेलबर्नमा यी दुईबिचको फाइनल कुल दुई घण्टा ४२ मिनेटसम्म चलेको थियो । २३ वर्षीय सिनरको यो समग्रमा तेस्रो ग्रान्डस्लाम उपाधि हो । उनले गत वर्ष नै यूएस ओपनको उपाधि जितेका थिए ।

सिनरले सन २०१९ बाट ग्रान्डस्लाममा प्रतिस्पर्धा गर्न सुरु गरेका थिए । उनले अस्ट्रेलियन ओपन भने सन् २०२० बाट खेल्न सुरु गरेका थिए ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  २३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro