site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एन्फा यू–१६ युथ लिग फुटबल : चर्च ब्वाइजले पुलिसलाई हरायो

काठमाडौं । एन्फा यू–१६ युथ लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।  

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा चर्च ब्वाइजले पुलिसमाथि ४–१ को जित निकाल्दै प्रतियोगितामा पाँचौँ जित दर्ता गराएको हो । जितसँगै चर्च ब्वाइजले सात खेलबाट १८ अंक जोडेको छ । पराजित पुलिसको समान खेलबाट १३ अंक रहेको छ ।

चर्च ब्वाइजको जितमा सनिल मगरले दुई गोल गरे भने अनिशकुमार मगर र सुशान्त थापामगरले एक–एक गोल गरे । पुलिसका लागि रोहन पोखरेलले सान्त्वना गोल गरे । 

खेलको चौथो मिनेटमै चर्च ब्वाइजले सुशान्त थापामगरको गोलमार्फत सुरुआती अग्रता लियो । त्यसपछि खेलको २६औँ मिनेटमा चर्च ब्वाइजका अनिशकुमार मगरले गोल गरे । खेलको ३७औँ मिनेटमा सनिल मगरले गोल गरेपछि खेलको पहिलो हाफमा चर्च ब्वाइजले पुलिसमाथि ३–० गोलको अग्रता बनायो ।

खेलको ६९औँ मिनेटमा सनिल मगरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । खेलको ७१औँ मिनेटमा पुलिसका रोहन पोखरेलले सान्त्वना गोल फर्काए । 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro