site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नापोलीलाई पछ्याउँदै इन्टर

काठमाडौं । इटालियन सिरी ‘ए’मा शीर्ष स्थानको नापोलीलाई पछ्याइरहेको इन्टर मिलानले इम्पोलीविरुद्ध ३–१ को जित निकालेको छ । 

आइतबार राति घरेलु मैदान सान सिरोमा सम्पन्न खेलमा इन्टरलाई जित दिलाउन लौटारो मार्टिनेज, डेन्जेल डफ्रिज र मार्कुस थुरमले गोल गरे । इम्पोलीका सेबास्टियनो एस्पोसिटोले एक गोल फर्काएका थिए । खेलको चारै गोल दोस्रो हाफमा भएको हो । 

५५औँ मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रतामा राखेका थिए । ७९औँ मिनेटमा डफ्रिजले घरेलु टिमको अग्रता दोब्बर बनाए । ८३औँ मिनेटमा एस्पोसिटोले गोल गर्दै इम्पोलीलाई २–१ को अवस्थामा ल्याएका थिए । तर, ८९औँ मिनेटमा थुरमले गोल गरेपछि इन्टरले ३–१ को जित पक्का गरेको हो ।

जितसँगै २० खेलबाट ४७ अंक जोडेको इन्टर तालिकाको दोस्रो स्थानमा छ । इन्टरभन्दा माथि रहेको नापोलीले २१ खेलबाट ५० अंक जोडेको छ । 

२१ खेलबाट २० अंक जोडेको इम्पोली भने तालिकाको १४औँ स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ०९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro