site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खोखो विश्वकप : नेपाली महिला टोली फाइनलमा

काठमाडौं । नेपाली महिला राष्ट्रिय खोखो टोली युगान्डालाई पराजित गर्दै विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपालले सहभागिता जनाउने खेलअन्तर्गत विश्वकपको फाइनलमा पुगेको यो पहिलो ऐतिहासिक सफलता हो ।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर खेलमैदानमा शनिबार भएको सेमिफाइनलमा युगान्डालाई ८९–१८ ले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । नेपाली महिला टोली अपराजित रहँदै फाइनल पुगेको हो ।

महिलातर्फ समूह ‘सी’मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ ले हराएको थियो । नेपालले दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले पराजित गरेको थियो । नेपालले तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले हराएको थियो । नेपालले चौथो खेलमा बंगलादेशलाई ८४–२४ ले पराजित गरेको थियो ।

यस्तै, क्वार्टरफाइनल खेलमा नेपालले इरानलाई १०३–८ को अन्तरले हराएको थियो । रासस
 

प्रकाशित मिति: शनिबार, माघ ५, २०८१  २०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro