site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सायम प्रिमियर लिगमा चार टिम

काठमाडौं । सायम कलेजको आयोजनामा हुने सायम प्रिमियर लिग क्रिकेटको पाँचौँ संस्करणमा चार टिमको सहभागिता रहने भएको छ ।

लिग फागुनको अन्तिम साता हुने सायमका प्रिन्सिपल अशोकराज पाण्डेले बुधबार पुरानो बानेश्वरस्थित कलेजमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । चारै टिममा सायममा बीबीए, बीसीएसआईटी र एमबीएमा अध्ययनरत विद्यार्थी रहने छन् ।

एक टिम खरिद गर्न सम्बन्धितले अधिकतम एक लाख खर्च गर्नुपर्ने छ । खेलाडीलाई दुई समूहमा वर्गीकरण गरिने छ । ग्रेड ‘ए’ मा रहेका खेलाडीका लागि न्यूनतम पाँच हजारदेखि अधिकतम २५ हजार रुपैयाँ मूल्य तोकिएको छ । ग्रेड ‘बी’ का खेलाडीको मूल्य न्यूनतम पाँच हजारदेखि अधिकतम १५ हजार रुपैयाँ निर्धारण गरिएको छ । एक टिमले १२ खेलाडी किन्नुपर्ने हुन्छ ।

पत्रकार सम्मेलनमा मार्की खेलाडी पनि सार्वजनिक गरिएको थियो । सायम सुपर किङ्समा दिनेश बोहरा, सायम च्यालेन्जर्समा अभिषेक भण्डारी, सायम ब्लास्टर्समा रोहित पोदार र सायम नाइट राइडर्समा श्रृजलराज शर्मा मार्की खेलाडी रहेका छन् । खेल १५–१५ ओभरको हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च हुने सायमका भाइस प्रिन्सिपल विशाल श्रेष्ठले जानकारी दिए ।

प्रिन्सिपल पाण्डेले विद्यार्थीहरूलाई जिम्मेवारीबोध गराउने उद्देश्यले प्रतियोगिता व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी विद्यार्थीहरूलाई नै सुम्पिएको बताए ।

सायम च्यालेन्जर्सले सर्वाधिक दुईपटक उपाधि जितेको छ । च्यालेन्जर्स पहिलो र तेस्रो संस्करणको उपाधि विजेता हो । दोस्रोमा सायम सुपर किङ्स र चौथोमा सायम ब्लास्टर्स च्याम्पियन बनेका थिए । खेलस्थल तत्कालका लागि मूलपानी क्रिकेट मैदानलाई प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  २१:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro