site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आयरल्यान्डविरुद्धको एकदिवसीय शृंखलामा भारतीय महिला टिमको ‘ह्वाइट वास’

काठमाडौं । तेस्रो तथा अन्तिम खेलमा ३०४ रनको फराकिलो जितसहित भारतीय महिला क्रिकेट टिमले भ्रमणकारी टोली आयरल्यान्डविरुद्धको एकदिवसीय शृंखलमा ‘ह्वाइट वास’ गरेको छ ।

बुधबार राजकोटमा भारतले प्रस्तुत गरेको ४३६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा आयरल्यान्डले ३१.४ ओभरमा सबै विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो ।

आयरल्यान्डकी साराह फोब्र्सले सर्वाधिक ४१ रन बनाइन् । ओर्ला प्रेन्ड्रागास्टले ३६, लेह पाउलले १५ र लौरा डेलानीले १० रन थपिन् । यसबाहेक, अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आयरल्यान्डलाई सस्तैमा समेट्न भारतकी दीप्ति शर्माले तीन विकेट लिइन् । ८.४ ओभर बलिङ गरेकी दीप्तिले २७ रन खर्चिइन् । तनुजा कुँवरले दुई विकेट लिँदा तितास सिधु, सायाली सतघारे र मिन्नु मानीले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ४३५ रनको योगफल खडा गरेको थियो ।

भारतको ब्याटिङमा ओपनरद्वय प्रतिका रावल र कप्तान स्मृति मन्दनाले शतक बनाए । प्रतिकाले १२९ बलमा २० चौका र एक छक्कासहित १५४ रन बनाइन् । यस्तै, कप्तान मन्दनाले ८० बलमा १२ चौका र सात छक्कासहित १३५ रन बनाइन् । यी दुईले पहिलो विकेटका निम्ति २३३ रनको साझेदारी गर्दै भारतलाई बलियो सुरुआत दिलाएका थिए ।

यसबाहेक, रिचा घोसले ४२ बलमा १० चौका र एक छक्कासहित ५९ रन थपिन् । यस्तै, तेजल हसाबिनिसले २८ र हर्नाल देवलले १५ रन जोडे ।

आयरल्यान्डकी ओर्ला प्रेन्ड्रागास्टले दुई विकेट लिइन् । अर्लेने केली, फ्रेया सार्गेट र जर्जिना डेम्प्सेले समान एक विकेट हात पारे ।

जितसँगै भारतले शृंखला ३–० ले जितेको हो । भारतले यसअघि शृंखलाको पहिलो खेलमा ६ विकेटको र दोस्रो खेलमा ११६ रनको जित निकालेको थियो ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  २०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro