site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री कप : एपीएफ र सुदूरपश्चिमको सहज जित

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले सहज जित निकालेका छन् ।

मंगलबारदेखि धनगढीमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशविरुद्ध सात विकेटको सहज जित निकालेको हो । 

खेलमा गण्डकीले दिएको ५६ रनको लक्ष्य सुदूरपश्चिमले ९.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍याे ।  

सुदूरपश्चिमको जितमा ओपनर रेवती धामीले अविजित २१ रन बनाइन् । यस्तै, मनीषा बोहराले नौ, कविता कुवरले आठ र कप्तान विन्दु रावलले ६ रन जोडे । सोभा रोकाया चार रनमा अविजित रहिन् । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको गण्डकीले निर्धारित १५ ओभरमा सात विकेट गुमाएर ५५ रन बनाएको थियो । बाक्लो हुस्सुका कारण खेल निर्धारित समयमा सुरु हुन नसकेपछि पाँच ओभर घटाइएको थियो ।

आजै भएको दोस्रो खेलमा एपीएफले कर्णाली प्रदेशविरुद्ध १११ रनको फराकिलो जित निकालेको छ ।

फाप्ला क्रिकेट मैदानमा भएको खेलमा एपीएफले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ७१ रनमात्र बनाउन सक्यो । 

कर्णालीबाट दिक्षा पुरीले सर्वाधिक २१ रन बनाइन् । यस्तै, रमा बुढाथोकी र गौरी बुढाथोकीले समान १० रन थपे । यसबाहेक, कर्णालीका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । 

एपीएफकी करुणा भण्डारीले तीन विकेट लिइन् । रेखा रावल र बिनु बुढाले समान एक विकेट हात पारे । 

त्यसअघि टस जितेर ब्याटिङमा आएको एपीएफले निर्धारित २० ओभरमा एक विकेट गुमाएर १८२ रनको योगफल खडा गरेको थियो । 

एपीएफका दुई ब्याटरले अर्धशतक बनाए । ओपनर मम्ता चौधरीले सर्वाधिक ७८ रन बनाइन् । उनले ६६ बलमा १० चौका प्रहार गरिन् । यस्तै, कप्तान विन्दु रावलले ३४ बलमा सात चौकासहित ५२ रन बनाइन् । 

अर्की ओपनर राजमती ऐरीले २४ बलमा तीन चौकासहित २२ रन थपिन् । 

आजदेखि सुरु भएको प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टिम गरी नौ टोलीको सहभागिता छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro