site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पुलिसविरुद्ध वाग्मती पहिलो दिन ९५ रनले पछि

काठमाडौं । मोफसलमा जारी जय ट्रफी पुरुष इलाइट कपको छैटौँ खेलमा विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध वाग्मती प्रदेश पहिलो दिन ९५ रनले पछि परेको छ । 

धनुषास्थित रामजानकी क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको वाग्मतीले पहिलो इनिङमा ३३.२ ओभर खेल्दा सबै विकेट गुमाएर ११२ रन बनाएको थियो । जवाफमा पुलिसले पहिलो इनिङमा सबै विकेट गुमाउनुअघि १२५ रन बनाएको थियो ।

पहिलो इनिङमा १०३ रनले पछि परेको वाग्मतीले स्टम्प हुनुअघिसम्म चार ओभर समाप्त हुँदा विकेट नगुमाई आठ रन बनाएको छ । वाग्मतीबाट इशान पाण्डे तीन र रित गौतम पाँच रनमा अविजित छन् ।

त्यसअघि, पहिलो इनिङमा वाग्मतीका ओपनर इशान पाण्डेले अर्धशतक बनाएका थिए । उनले ९४ बलमा ७१ रन जोडे पनि टिमका अरू ब्याटरबाट गतिलो साथ पाउन सकेनन् ।

वाग्मतीबाट प्रतीक श्रेष्ठले १२ रन थपे । वाग्मतीका अरू ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । पहिलो इनिङमा वाग्मतीका कप्तान सन्दीप लामिछाने र सूर्य तामाङ ‘गोल्डेन डक’ भए । 

वाग्मतीलाई सस्तैमा रोक्न पुलिसका ललित राजवंशीले चार विकेट लिए । नौ ओभर बलिङ गरेका ललितले दुई मेडन फ्याँक्दै २७ रन खर्चिए । श्रवण यादवले तीन र कुशल भुर्तेलले दुई विकेट लिए ।

पहिलो इनिङमा पुलिसका दुई ब्याटरले अर्धशतक बनाए । पुलिसका अमित श्रेष्ठले ९७ बलमा १० चौका र दुई छक्कासहित ७९ रन जोडे । अर्जुन साउदले ८२ बलमा आठ चौका र दुई छक्कासहित ७७ रन थपे ।

यी दुईले ३५–३ को स्थितिबाट चौथो विकेटका निम्ति १४८ रनको साझेदारी गर्दै पुलिसको इनिङ सम्हालेका थिए । गुल्सन झाले १७ रन बनाए ।

पहिलो इनिङमा पुलिसविरुद्ध वाग्मतीका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए । ११.५ ओभर बलिङ गरेका सन्दीपले तीन मेडन फ्याँक्दै ६५ रन खर्चिए । नन्दन यादव र प्रतिश जिसीले समान दुई विकेट लिए । रिजन ढकालले एक विकेट हात पारे ।

प्रतियोगितामा पुलिस लगातार दोस्रो जितको खोजीमा छ । पुलिसले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग ‘ड्र’ खेलेको थियो । पुलिसले दोस्रो खेलमा मधेस प्रदेशविरुद्ध एक इनिङ र ३५ रनको जित निकालेको थियो ।

वाग्मती भने पहिलो जितको खोजीमा छ । वाग्मतीले पहिलो खेलमा मधेस र दोस्रोमा आर्मीसँग ‘ड्र’ खेलेको थियो ।

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  २०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro