site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
घरेलु मैदानमा त्रिदेशीय क्रिकेट शृंखला खेल्दै नेपाली महिला टिम, यस्तो छ तालिका 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले घरेलु मैदानमा त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार शृंखलाको तालिका समेत सार्वजनिक गरेको छ ।

नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्ड र नेदरल्यान्ड्ससँग शृंखला खेल्न लागेको हो । शृंखलामा सहभागी तीन टिमले तीनपटक एकार्काविरुद्ध प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ ।

नेपालले यही जनवरी ३० मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै शृंखलाको सुरुआत गर्नेछ । नेपालले जनवरी ३१ मा थाइल्यान्डसँग खेल्ने तालिका छ ।

यस्तै, नेपालले फेब्रुअरी २ मा नेदरल्यान्ड्ससँग र त्यसको भोलिपल्ट थाइल्यान्डसँग खेल्नेछ । नेपालले फेब्रुअरी ५ मा नेदरल्यान्ड्ससँग र त्यसको भोलिपल्ट थाइल्यान्डविरुद्ध पुनः प्रतिस्पर्धा गर्नेछ ।

खेल मध्याह्न १२ः१५ बजे सुरु हुने क्यानले जनाएको छ ।

asdfa-1736605864.png
 

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  २०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro