site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मधेसले २११ रनमा गर्‍यो इनिङ अन्त्यको घोषणा, वाग्मतीलाई १६४ रनको लक्ष्य 

काठमाडौं । ओपनर मयन यादवको शतकप्रेरित मधेस प्रदेशले जय ट्रफी पुरुष इलाइट कपमा वाग्मती प्रदेशसामु १६४ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

प्रतियोगिताको दोस्रो दिन सोमबार जनकपुरको रामजनकी बहुउद्देश्यीय क्रिकेट मैदानमा मधेसले ४३.२ ओभरमा नौ विकेट गुमाएर २११ रन बनाउँदा कप्तान हरिशंकर साहले इनिङ समाप्तिको घोषणा गरे । मधेसले पहिलो इनिङमा १०२ रन बनाएको थियो । पहिलो इनिङमा वाग्मतीले १५० रन बनाएको थियो ।

दोस्रो इनिङमा मधेसका मयनले शतक बनाए । प्रतियोगितामा शतक बनाउने पहिलो ब्याटर बनेका मयनले १०८ बलमा १२ चौका र दुई छक्कासहित १०६ रनको योगदान गरे । ओपनिङ ब्याटिङमा आएका मयन पभेलियन फर्कंदा मधेसले ३४.६ ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो ।

मधेसका अरू ब्याटरले खुलेर खेल्न सकेनन् । अभिषेक तिवारीले ४० बलमा एक चौका र एक छक्कासहित १९ रन बनाए । रुपेश सिंह र विशाल पटेलले समान १४ र कप्तान हरिशंकरले ११ रन जोडे ।

दोस्रो इनिङमा पनि वाग्मतीका कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिए । सन्दीपले १७ ओभर बलिङ गर्दा एक मेडन फ्याँक्दै ८८ रन खर्चिए । पहिलो इनिङमा पनि सन्दीपले पाँच विकेट नै लिएका थिए । सूर्य तामाङले दुई र रिजन ढकाल र नन्दन यादवले समान एक विकेट हात पारे ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro