site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ओलम्पिक कमिटीको निर्वाचनप्रति लोकतान्त्रिक खेलकुद संघद्वारा भर्त्सना

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको निर्वाचन अवैधानिक भएको भन्दै नेपाल लोकतान्त्रिक खेलकुद संघले निर्वाचनाको भर्त्सना गरेको छ ।

संघले आइतबार पत्रकार सम्मेलनमार्फत नेपालको अदालत, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशनलाई वेवास्ता गरी गरिएको निर्वाचन अवैधानिक रहेको जनाएको हो । संघले राज्यको ऐन कानुन र अदालतको अवहेलना गर्दै गैरकानुनी कार्य गर्ने व्यक्ति, संघसंस्थालाई कानुनी दायरामा ल्याउन माग समेत गरेको छ ।

यसअघि सर्वोच्च अदालतको स्टे अर्डर, खेलकुद मन्त्रालय र राखेपबाट समेत निर्वाचन नगराउन आएको निर्देशनलाई वेवास्ता गर्दै पुस १३ गते भएको अनलाइन चुनावबाट तत्कालीन अध्यक्ष जीवनराम श्रेष्ठ नै ओलम्पिक कमिटीको अध्यक्षमा निर्वाचित भएका थिए । श्रेष्ठले ओलम्पिक कमिटीमा आवद्ध २७ संघमध्ये २० मत पाएका थिए । निर्वाचनमा कमिटीमा आवद्ध सात संघले भने सहभागिता जनाएका थिएनन् ।

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro