site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अस्ट्रेलियामा ऋचा मेमोरियल क्रिकेट सम्पन्न, सगरमाथालाई उपाधि

अस्ट्रेलिया । अस्ट्रेलियामा सम्पन्न ऋचा मेमोरियल एक्सपर्ट सगरमाथा लिग क्रिकेट प्रतियोगिताको उपाधि सगरमाथा ब्लुजले हात पारेको छ । फाइनलमा प्रतिद्वन्द्वी फार वेस्टर्न हन्टर्स क्लबलाई ५१ रनले पराजित गर्दै सगरमाथाले ट्रफी जित्न सफल भएको हो । 
 
मेलबर्नमा सम्पन्न प्रतिस्पर्धामा पहिलो ब्याटिङ गर्दै सगरमाथा ब्लुजले दुई सय १६ रन जोडेको थियो । प्रतियोगिताको फाइनलमा दुई सय १७ रनको विजय लक्ष्य पछ्याएको फार वेस्टर्न हन्टर्स एक सय ६५ रनमा समेटिन पुगेको थियो । 

फाइनलमा सगरमाथाका रसिम कँडेलले ५७ रनको योगदान दिएका थिए । फाइनलको म्यान अफ दी म्याच रसिम कँडेल घोषित भए ।

फार वेस्टर्न हन्टर्सका केशव पन्त प्लेयर अफ दी टुर्नामेन्ट बने, उनले कूल २ सय ७ रन बनाएका थिए भने १४ विकेट लिएका थिए । 

यस्तै, बेस्ट ब्याटर सुनील भट्ट, बेस्ट बलर विक्रम तिवारी, बेस्ट विकेट किपर आशिष जिसी, बेस्ट फिल्डरको उपाधि भूषण तिवारीले हात पारे । इमर्जिङ प्लेयर अफ दी टुर्नामेन्ट अनमोल बस्नेत घोषित भए । यस्तै फेयर प्ले अवार्ड गोर्खा लायन्स क्रिकेट क्लबले जितेको छ । 
 
भिक्टोरियाका १६ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा उपाधि विजेता सगरमाथाले ट्रफीसहित चार हजार डलर नगद प्राप्त गरेको छ । विकेन्डमा लिग कम नक आउटका आधारमा खेलाइएको प्रतियोगिताको प्रायोजन एक्सपर्ट एजुकेसनले गरेको थियो । 

पूर्वेली क्रिकेटका पिता भनेर चिनिने स्वर्गीय नरेश श्रेष्ठ र पूर्व राष्ट्रिय क्रिकेट खेलाडीद्वय मन्जित श्रेष्ठ र युनिल श्रेष्ठकी बहिनी ऋचाको अल्पायुमा अस्ट्रेलियामा निधन भएको थियो । 

उनै ऋचाको सम्झनामा उनका श्रीमान् विवेक श्रेष्ठले मेलवर्नमा हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएका छन् ।
 
प्रतियोगिताको विजेतालाई नगद तथा ट्रफी वितरण गर्दै एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज मेलबर्नका निर्देशक सरोज शर्माले खेल भावनाले प्रतियोगितामा हातेमालो गर्ने सबै खेलाडीलाई धन्यवाद प्रदान गरे । 

यसैगरी उपविजेता फार बेस्टर्न हन्टर्स क्रिकेट क्लबलाई भिक्टोरियन नेप्लिज क्रिकेट एसोसिएसनका अध्यक्ष सुदीप न्यौपानेले पुरस्कार, मेडल र ट्रफी हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro