site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सिटीको जितमा हाल्यान्डको दुई गोल 

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा वेस्ट हमविरुद्ध ४–१ को सहज जित निकालेको छ । फरवार्ड एर्लिङ हाल्यान्डको दुई गोलप्रेरित खेलमा म्यानचेस्टर सिटी विजयी भएको हो । 

शनिबार राति घरेलु मैदान इत्तिहाद रंगशालामा भएको खेलमा सिटीलाई जित दिलाउन हाल्यान्डले दुई गोल गर्दा फिल फोडेनले अर्को एक गोल थपे । सिटीले अर्को एक गोल भने वेस्ट हमका खेलाडीबाट आत्मघाति उपहार पाएको थियो ।

खेलको १०औँ मिनेटमा वेस्ट हमका भ्लादिमिर कोउफलबाट आत्मघाति गोल भएपछि सिटीले अग्रता बनाएको थियो ।

४२औँ मिनेटमा हाल्यान्डले गोल गरेपछि सिटीले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । ५५औँ मिनेटमा हाल्यान्डले नै सिटीको अग्रतालाई ३–० मा पुर्याए । त्यसको तीन मिनेटपछि फोडेनले गोल गर्दै सिटीलाई ४–० को अग्रतामा राखे ।

वेस्ट हमका निक्लास फुलक्रुगले ७१औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए । 

जितसँगै २० खेलबाट ३३ अंक जोडेको सिटी तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । प्रिमियर लिगमा पछिल्लो समय खराब लयबाट गुज्रिरहेको सिटीको यो लगातार दोस्रो जित हो । 

समान खेलबाट २३ अंक जोडेको वेस्ट हम तालिकाको १३औँ स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro