site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
युनाइटेड घरमै निराश, रेलिगेसन क्षेत्रभन्दा सात अंक मात्र माथि

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै न्युक्यासलसँग २–० ले स्तब्ध बनेको छ । सोमबार राति ओल्ड ट्राफोर्डमा पाहुना टिमलाई जित दिलाउन एलेसान्डर इसाक र जोइलिन्टोनले गोल गरे । न्युक्यासलले दुवै गोल पहिलो हाफमा गरेको हो ।

खेलको चौथो मिनेटमा नै इसाकको गोलमा न्युक्यासलले अग्रता बनाएको थियो । १९औँ मिनेटमा जोइलिन्टोनले पाहुना टिमको अग्रता दोब्बर बनाए । यसपछि थप गोल नहुँदा युनाइटेड घरेलु मैदानमा २–० ले निराश बनेको हो ।

जितसँगै १९ खेलबाट ३२ अंक जोडेको न्युक्यासल म्यानचेस्टर सिटीलाई पछि पार्दै पाँचौँ स्थानमा उक्लिएको छ । जारी सिजनमा न्युक्यासलको यो नवौँ जित हो । 

हारसँगै युनाइटेडमा रेलिगेसनको खतरा बढेको छ । तालिकाको १४औँ स्थानमा रहेको युनाइटेडको १९ खेलबाट २२ अंक छ । त्यो रेलिगेसन क्षेत्रभन्दा सात अंक मात्र धेरै हो । १८औँ स्थानको इप्सविच टाउनको १५ अंक छ ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro