site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सूर्य नेपाल इस्टर्न ओपन बुधबारदेखि
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सूर्य नेपाल इस्टर्न ओपन गल्फ बुधबार (भोलि)देखि सुरु हुने भएको छ । सूर्य नेपाल गल्फ टुर २०२४/२०२५ अन्तर्गतको तेस्रो प्रतियोगिताका रूपमा सूर्य नेपाल इस्टर्न ओपन हुन लागेको हो ।

५४ होलमा खेलाइने प्रतियोगिता धरानको गल्फ क्लबमा तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले एक लाख ५० हजार, दोस्रो हुनेले एक लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । शीर्ष २१ मा पर्ने खेलाडीले पनि पुरस्कार पाउनेछन् ।

कुल २९ व्यावसायिक गल्फर र २६ शौकिया (पाँच वा कम ह्यान्डी क्याप भएका) खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro