site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
टोटनहमविरुद्ध लिभरपुलको रवाफ

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आइतबार लिग लिडर लिभरपुलले टोटनहमविरुद्ध ६–३ को फराकिलो जित निकालेको छ । खेलमा कुल नौ गोल भयो ।

लिभरपुलका तर्फबाट लुइस डियाज र मोहमद सालाहले समान दुई गोल गरे । एलेक्सिस म्याक एलिसस्टर र डोमिनिक सोबोस्लाईले समान एक गोल गरे ।

घरेलु टिम टोटनहमका जेम्स म्याडिसन, डेयान कुलुसेभिस्की र डोमोनिक सोलान्केले गोल फर्काएका थिए ।

जितसँगै १६ खेलबाट ३९ अंकसहित लिभरपुल तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट २३ अंकको टोटनहम ११औँ स्थानमा छ । जारी सिजनमा टोटनहमको यो आठौँ हार हो ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ०९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro