site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मिलान्था सबैभन्दा धेरै रन बनाउने ब्याटर, शीर्ष पाँचभित्र नेपालका रोहितमात्रै 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणमा लहिरु मिलान्था सबैभन्दा धेरै रन बनाउने ब्याटर बनेका छन् । श्रीलंकन मूलका अमेरिकी नागरिक मिलान्थाले प्रतियोगिताको १० खेलमा २९३ रन बनाएका छन् । प्रतियोगितामा १० खेल खेलेका मिलान्थाले दुई अर्धशतक प्रहार गरेका छन् ।

एनपीएलमा जनकपुर बोल्ट्सले फाइनलमा उपाधि जित्दा मिलान्थाले ८७ रनको अर्धशतकीय इनिङ खेलेका थिए । त्यसअघि मिलान्थाले प्रतियोगिताको उद्घाटन खेलमा अर्धशतक बनाएका थिए । 

सबैभन्दा धेरै रन बनाउने ब्याटरको सूचीमा चितवनका रवि बोपारा दोस्रो स्थानमा छन् । बोपाराले आठ खेलमा तीन अर्धशतकसहित २८६ रन बनाएका छन् । बोपाराको टोली चितवन राइनोज प्रतियोगिताको इलिमिनेटरबाट बाहिरिएको थियो ।

तेस्रो स्थानमा नेपालका रोहितकुमार पौडेल छन् । नेपाली राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहितले प्रतियोगिताको सात खेलमा कुल २७९ रन बनाए । लुम्बिनी लायन्सका कप्तानसमेत रहेका रोहितले यसक्रममा दुई अर्धशतक प्रहार गरे ।

तर, उनको टोली लुम्बिनीले लिग चरणको पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गरेको थियो । रोहित एनपीएलमा सबैभन्दा धेरै रन बनाउने पाँच ब्याटरभित्र अटेका एकमात्र नेपाली ब्याटर हुन् ।

चौथो स्थानमा सैब जैब छन् । एनपीएलमा सुदूरपश्चिम रोयल्सको प्रतिनिधित्व गरेका जैबले नौ खेलमा २७५ रन बनाएका छन् । यसक्रममा उनले दुई अर्धशतक बनाए । 

यस्तै, पाँचौँ स्थानमा जिम्मी निसम छन् । प्रतियोगिताको विजेता जनकपुर बोल्ट्सबाट एनपीएल खेलेका न्युजिल्यान्डका निसमले नौ खेलमा २४७ रन बनाएका छन् । यसक्रममा उनले एक अर्धशतक प्रहार गरेका थिए । 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  २०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro