site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
देउवा र प्रचण्डले प्रदान गरे विजेता जनकपुरलाई ट्रफी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको विजेता टिम जनकपुर बोल्ट्सलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रफी हस्तान्तरण गरेका छन् ।

शनिबार सुदूरपश्चिम रोयल्सलाई हराउँदै च्याम्पियन बनेको जनकपुरलाई ट्रफी हस्तान्तरण गर्दा देउवा र प्रचण्डसँगै नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द पनि उपस्थित थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले हराउँदै उपाधि जितेको हो । सुदूरपश्चिमले प्रस्तुत गरेको १८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो ।

ट्रफी लिन जनकपुरका मार्की खेलाडी आसिफ शेख र नियमित कप्तान अनिल साह मञ्चमा पुगेका थिए ।

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro