site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पावर प्लेमा सुदूरपश्चिमको उत्कृष्ट सुरुआत 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले पावर प्लेमा ४८ रन बनाएको छ । 

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिमले ६ ओभरको खेल सकिँदा विकेट नगुमाई ४८ रन बनाएको छ ।

हाल क्रिजमा रहेका विनोद भण्डारी र सैब जैब क्रमशः २५ र १८ रनमा खेलिरहेका छन् ।

जनकपुरले पावर प्लेमा दुई मेडन ओभर फ्याक्यो । जनकपुरका हर्ष थाकेरले चौथो र ललित राजवंशीले पाँचौँ ओभर मेडन फ्याकेका हुन् ।

प्रतियोगिताको लिग चरणबाट शीर्ष दुईमा रहँदै प्लेअफ आइपुगेका टिम हुन्, जनकपुर र सुदूरपश्चिम । लिग चरणका सातमध्ये एक खेलमा मात्र हार व्यहोरेको सुदूरपश्चिमले १२ अंकसहित शीर्ष स्थान हासिल गरेको थियो । दोस्रो स्थानमा रहँदै प्लेअफ आएको जनकपुरले समान खेल खेल्दा दुई हारसहित १० अंक जोडेको थियो ।

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro