site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वर्षाले नेपाल र बंगलादेशबीचको खेल सुरु हुन सकेन 
फाइल तस्बिर ।

काठमाडौं । मलेसियामा जारी एसीसी यु–१९ महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र बंगलादेशबीचको खेल वर्षाका कारण सुरु हुन सकेको छैन ।
    
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपाल र बंगलादेशबीचको खेल ११ः४५ बजेदेखि हुने भनिए पनि वर्षाका कारण अहिलेसम्म सुरु हुन सकेको छैन । यस खेलमा बंगलादेशलाई हराउन सके नेपालले शीर्ष दुईमा स्थान बनाउनेछ । वर्षाका कारण एक/एक अंक बाँडे बंगलादेश रनरेटका आधारमा शीर्ष दुईमा पुग्नेछ ।  
    
यसअघि नेपाल समूह ‘बी’को उपविजेता तथा बंगलादेश समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा प्रवेश गरेका हुन् । सुपर फोरको पहिलो खेल पनि वर्षका कारण रद्द हुँदा नेपालले श्रीलंकासँग अंक बाँडेको थियो । बंगलादेश भने भारतसँग आठ विकेटले पराजित भएको थियो । रासस

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro