site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जनकपुरविरुद्ध ब्याटिङमा कर्णालीको मध्यम सुरुआत
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गरिरहेको कर्णाली याक्सले मध्यम सुरुआत गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको कर्णालीले ६ ओभरको समाप्तिमा दुई विकेट गुमाएर ४४ रन बनाएको छ ।

कर्णालीबाट हाल क्रिजमा रहेका जिसान मक्सुद आठ र विलियम बोसिस्टो पाँच रनमा खेलिरहेका छन् ।

प्रतियोगितामा जनकपुर लिग चरणको दोस्रो स्थानमा रहँदै प्लेअफमा आएको हो । तर, पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेपछि जनकपुरले दोस्रो क्वालिफायर खेल्नुपर्ने भएको हो ।

आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति आउँदो शनिबार सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यसअघि, सुदूरपश्चिमले पहिलो प्लेअफमा जनकपुरलाई आठ विकेटले निराश बनाउँदै फाइनल यात्रा तय गरेको थियो ।

लिग चरणबाट चौथो स्थानमा रहँदै प्लेअफमा आएको कर्णालीले भने इलिमिनेटरमा चितवन राइनोजविरुद्ध २१ रनको जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro