site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिमविरुद्ध ब्याटिङ गर्दै जनकपुर, चोटका कारण अनिल छैनन् प्लेइङ–११ मा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्दै छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेपछि जनकपुरले ब्याटिङको निर्णय लिँदै सुदूरपश्चिमलाई फिल्डिङको निम्तो दिएको हो ।

जारी खेलको तीन ओभर सकिँदा जनकपुरले एक विकेट गुमाएर १९ रन बनाएको छ ।

जनकपुरका नियमित कप्तान अनिल साह आजको खेलमा प्लेइङ–११ मा छैनन् । लिग चरणको अन्तिम खेलमा चितवन राइनोजविरुद्धको प्रतिस्पर्धाका क्रममा अनिलको हातमा चोट लागेको थियो ।

यी दुई टिमबीच लिग चरणमा भएको खेलमा दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले जनकपुरविरुद्ध ७२ रनको सहज जित निकालेको थियो ।

लिग चरणमा शीर्ष स्थान हासिल गरेको सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोेडेको थियो । समान खेलबाट १० अंक जोडेको जनकपुर दोस्रो स्थानमा रहँदै प्लेअफमा आइपुगेको हो ।

आजको खेलमा जित निकाल्ने टिमले सोझै फाइनल यात्रा तय गर्नेछ । पराजित हुने टिमले भने इलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro