site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कर्णालीका ओपनर कोल्सावालाले बनाए अर्धशतक 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध कर्णाली याक्सका ओपनर जयकिशन कोल्सावालाले अर्धशतक बनाएका छन् ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीबाट कोल्सावालाले ३६ बलमा ५० रन पूरा गरे । यसक्रममा उनले ६ चौका र दुई छक्का प्रहार गरे । एनपीएलमा पहिलो खेल खेलिरहेका कोल्सावालाको यो पहिलो अर्धशतक समेत हो ।

जारी खेलको १२ ओभर सकिँदा कर्णालीले दुई विकेट गुमाएर ९० रन बनाएको छ ।

यो खेलमा जित निकाल्ने टिमले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । आजै हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro