site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चितवनविरुद्ध पावरप्लेमा कर्णालीको मध्यम सुरुआत 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध ब्याटिङ गरिरहेको कर्णाली याक्सले पहिलो पावरप्लेमा मध्यम सुरुआत गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले ६ ओभरमा दुई विकेट गुमाएर ४९ रन बनाएको छ ।

कर्णालीबाट हाल क्रिजमा रहेका जयकिशन कोल्सावाला ३५ र विलियम बोसिस्टो शून्यमा खेलिरहेका छन् ।

यो खेलमा जित निकाल्ने टिमले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । आजै हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro