site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पोखरामा पुस १० गतेदेखि थाई–बक्सिङ प्रतियोगिता हुने

काठमाडौं । शक–यान मुवाथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धनमा यही पुस १० देखि १२ गतेसम्म थाई–बक्सिङ प्रतियोगिता हुने भएको छ ।

व्यावसायिक खेलकुदमा विश्वकै आकर्षक मध्येको एक ‘कन्टेन्डर सिरिज–२’ थाई–बक्सिङ पोखरामा गर्न लागिएको हो । खेलकुदमार्फत व्यावसायिक खेलकुदको विकाससँगै खेल पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगिता लेकसाइडस्थित बाराही घाट खेल मैदानमा हुने तयारी समितिका संयोजक एवं प्रदेश खेलकुद परिषद्का सदस्य खगेन्द्र क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी गरी पाँच वटा प्रदेशका महिला र पुरुष गरी ८४ जना ‘फाइटर’हरूको सहभागिता रहनेछ । प्रतियोगितामा जुनियर–सिनियर (एमेच्योर–प्रोफेशनल)तर्फ कुल ४२ फाइट तय गरिएको छ ।

प्रतियोगिताको पुरुष ‘प्रोफेशनल’तर्फ मुख्य फाइटको विजेताले नगद ५० हजार र उपविजेताले नगद २० हजार तथा महिलातर्फको विजेताले नगद ३० हजार र उपविजेताले नगद १५ हजार प्राप्त गर्ने जनाइएको छ ।

त्यसैगरी अन्य फाइटमा महिला र पुरुषतर्फ ८–८ विजेताले नगद १५ हजार रुपैयाँ र उपविजेताले नगद १० हजारका साथमा मेडल तथा प्रमाणपत्र पाउनेछन् । पुरुषतर्फ कोमेन इभेन्टका विजेताले नगद २५ र उपविजेताले १५ हजार प्राप्त गर्ने आयोजक शकयान मुआथाई क्लबले जनाएको छ ।

पोखराभन्दा बाहिरबाट आउने खेलाडीलाई विशेष आकर्षक उपहार प्रदानसँगै आवासको सुविधा उपलब्ध गराइने र तीनजना उदीयमान खेलाडीहरूलाई नगदसहित सम्मान गरिने जनाइएको छ । नेपाल राष्ट्रिय मुवाँथाई संघ र गण्डकी प्रदेश मुवाथाई संघको स्वीकृति एवं प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगिताको सञ्चालन रेमनदाश श्रेष्ठ र यकिन गुरुङले गर्ने जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  २१:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro