site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चितवनसँग विराटनगरको खराब सुरुआत 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध विराटनगर किंग्सले ब्याटिङ पावर प्लेमा खराब सुरुआत गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको विराटनगरले ६ ओभरका खेल सकिँदा तीन विकेट गुमाएर ३२ रन बनाएको छ । 

विराटनगरका हाल क्रिजमा रहेका मार्टिन गप्टिलले १६ र निकोलस किर्टोनले आठ रन बनाएका छन् ।

विराटनगरका ओपनर लोकेश बम र स्कट एड्वार्ड्स ‘डक’ भए । यस्तै, दीपक बोहराले पनि चार रनमात्र थप्न सके ।

प्लेअफ सम्भावना कायम राख्न आज दुवै टिम जितको दबाबमा छन् । पाँच खेलमध्ये चारमा हार र एकमा जित निकालेको विराटनगर अंक तालिकाको पुछारमा छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरको खातामा दुई अंक मात्र छ । आजको खेलमा चितवनविरुद्ध पराजित भए विराटनगर प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिने दोस्रो टिम बन्नेछ । यसअघि प्रतियोगिताको प्लेअफ समीकरणबाट लुम्बिनी लायन्स बाहिरिसकेको छ ।

विराटनगरले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटको हार व्यहोरेको थियो । दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ९० रनले पराजित भएको विराटनगरले तेस्रो खेलमा भने लुम्बिनी लायन्सविरुद्ध दुई विकेटको जित निकालेको थियो ।

चौथो खेलमा पुनः पराजय भोगेको विराटनगरलाई कर्णाली याक्सले सात रनले निराश बनाएको थियो । पाँचौँ खेलमा विराटनगरले पोखरा एभेन्जर्सविरुद्ध सुपर ओभरमा १३ रनको हार व्यहोरेको थियो ।

यता, विराटनगरविरुद्ध मैदान उत्रिँदा कुशल मल्लको कप्तानीमा रहेको चितवन भने जितसहित प्लेअफ सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ ।

तालिकाको तेस्रो स्थानमा आसिन चितवनले पाँच खेलमा तीन जितसहित ६ अंक जोडेको छ ।

चितवनले प्रतियोगिताको पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको जित निकालेको चितवनले तेस्रो खेलमा भने कर्णाली याक्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो । 

चौथो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ३३ रनको जित निकालेको चितवनले पाँचौँ खेलमा लुम्बिनी लायन्सविरुद्ध ३३ रनका पराजय व्यहोरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro