site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
राष्ट्रिय महिला लिगको दोस्रो चरण पुस तेस्रो सातादेखि

काठमाडौं । राष्ट्रिय महिला लिगको दोस्रो चरण आउँदो पुस महिनादेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी र महिला लिगका शीर्ष पाँच टिमका प्रतिनिधिबीच भएको छलफलले प्रतियोगिताको दोस्रो चरण पुस १८ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो ।

एन्फाका अनुसार प्रतियोगिता माघ १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको पहिलो चरणबाट तीन विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबसँगै स्याङ्जाको वालिङ नगरपालिका र कोसी प्रदेशले शीर्ष पाँचमा स्थान बनाएका थिए । तर, कोसी प्रदेशले आर्थिक कारण देखाउँदै प्रतियोगिताको दोस्रो चरणमा सहभागिता नजनाउने निर्णय गरेपछि एन्फाले सर्लाहीको वाग्मती युवा क्लबलाई मौका दिएको छ ।

यसअघि राष्ट्रिय महिला लिगको पहिलो चरणमा यी पाँच टोलीसँगै रौतहटको चन्द्रपुर नगरपालिका, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश गरी कुल आठ टिमले प्रतिस्पर्धा गरेका थिए ।

 

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro