site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अम्पायरको निर्णयप्रति आक्रोशित देव, आउट भएपछि फ्याँके ब्याट
तस्बिर : नेपाल प्रिमियर लिगको फेसबुकबाट ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध ‘डक’ भएपछि कर्णाली याक्सका ओपनर देव खनाल आक्रोशित बनेका छन् ।

एनपीएलअन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखराले दिएको १०४ रनको लक्ष्यसहित मैदान उत्रिएको कर्णालीले ओपनर देव खनाललाई पहिलो ओभरको तेस्रो बलमै गुमाएको थियो । विपीन खत्रीको उक्त ओभरमा देव ‘एलबीडब्लू’ को सिकार बनेका थिए । 

विपीनको एलबीडब्लू अपिलमा अफगानिस्तानका अम्पायर बिस्मिल्लाह जान सिन्वारीले आउटको इसारा गरेपछि देव आक्रोशित बनेका हुन् । अम्पायरको निर्णयप्रति असन्तुष्ट देखिएको देवले आउटपछि मैदान छोड्नसमेत आनाकानी गरेका थिए ।

मैदानबाट डगआउटमा आउने क्रममा आक्रोशित देवले ब्याट फ्याँकेका हुन् । देवले पोखराविरुद्ध तीन बलको सामना गरेपछि रन जोड्न भने सकेनन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro