site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अझै अर्धशतकविहीन छन् काठमाडौं गुर्खाजका ब्याटर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी आठ टिममध्ये सात टिमका ब्याटरले हालसम्म १५ अर्धशतक र एक शतक बनाएका छन् ।

प्रतियोगिताको नवौँ दिन ‘ब्रेक’ रहँदासम्म कर्णाली याक्स र चितवन राइनोजका ब्याटर समान तीन अर्धशतक बनाएका छन् । यस्तै, सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सका दुई–दुई ब्याटरले अर्धशतक बनाएका छन् ।

प्रतियोगितामा विराटनगर किंग्स र पोखरा एभेन्जर्सका समान एक–एक खेलाडीले अर्धशतक बनाएका छन् ।

अर्धशतको सूचीमा हालसम्म काठमाडौं गुर्खाजबाट भने कुनै पनि ब्याटर अटाउन सकेका छैनन् । अर्थात्, एनपीएलमा अहिलेसम्म काठमाडौंका कुनै पनि ब्याटरले व्यक्तिगत स्कोरमा ५० रन पूरा गर्न सकेका छैनन् । 

करण केसीको कप्तानीमा रहेको यो टोलीले हालसम्म तीन खेल खेलिसकेको छ । काठमाडौंबाट एक खेलमा सबैभन्दा धेरै रन बनाउने ब्याटर हुन्, सुमित महर्जन । उनले प्रतियोगिताको छैटौँ खेलमा कर्णाली याक्सविरुद्ध ४० रन बनाएका थिए ।

प्रतियोगिताका तीन खेलमध्ये एकमा जित र दुईमा हारको नतिजा बेहोरेको काठमाडौं तालिकाको छैटौँ स्थानमा छ । काठमाडौंको खातामा दुई अंक छ । काठमाडौंभन्दा पछि रहेका विराटनगर किंग्सले पनि दुई अंक नै जोडेको छ । यस्तै, पुछारको लुम्बिनी लायन्स भने अंकविहीन छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १५:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro