site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जनकपुरविरुद्ध पावरप्लेमा लुम्बिनीको मध्यम सुरुआत
फाइल तस्बिर ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सविरुद्ध लक्ष्य पछ्याइरहेको लुम्बिनी लायन्सले पहिलो पावरप्लेमा ३७ रन बनाएको छ । 

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनीले ६ ओभरको खेल सकिँदा एक विकेट गुमाएर ३७ रन बनाएको छ । लुम्बिनीबाट हाल क्रिजमा रहेका कप्तान रोहितकुमार पौडेल १० र अर्जुन साउद आठ रनमा खेलिरहेका छन् । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३६ रनको योगफल खडा गरेको थियो । प्रतियोगितामा लुम्बिनी आज पहिलो जितको खोजीमा छ । लुम्बिनीले यसअघि भएको आफ्नो तीन खेलमा हार व्यहोरिसकेको छ । यता, जनकपुर भने आज चौथो जितको खोजीमा छ । जनकपुरले यसअघिका तीन खेलमा लगातार जित निकालेको थियो ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ११:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro