site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कर्णालीविरुद्ध पावरप्लेमा विराटनगरको खराब सुरुआत 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध लक्ष्य पछ्याइरहेको विराटनगर किंग्सले पावरप्लेमा खराब सुरुआत गरेको छ । 

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याइरहेको विराटनगरले ६ ओभरको समाप्तिमा तीन विकेट गुमाएर ३६ रन बनाएको छ । विराटनगरले पावरप्लेमा ओपनरद्वय मार्टिन गप्टिल र लोकेश बमसँगै अकिब इल्यासलाई गुमाएको हो ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएको थियो ।

प्रतियोगितामा दुवै टिम आज दोस्रो जितको खोजीमा छन् । यी दुवै टिमले यसअघि समान तीन खेल खेल्दा दुईमा हार र एकमा जित निकालेका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro