site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनपीएलमा पोखराका गौस र दिनेशले बनाए कीर्तिमानी साझेदारी 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सका ओपनरद्वयले कीर्तिमानी साझेदारी गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पोखराका ओपनर आन्द्रियस गौस र दिनेश खरेलले पहिलो विकेटका निम्ति १२० रनको साझेदारी बनाएका छन् । जारी प्रतियोगितामा यो अहिलेसम्मको सबैभन्दा ठूलो साझेदारी हो ।

गौस र दिनेशले यसअघि जनकपुरका हर्ष थाकेर र लहिरु मिलान्थाको नाममा रहेको कीर्तिमान तोडेका हुन् । यसअघि थाकेर र मिलान्थाले विराटनगर किंग्सविरुद्ध ११६ रनको साझेदारी गर्दै यो कीर्तिमान बनाएका थिए । थाकेर र मिलान्थाले तेस्रो विकेटका निम्ति यो साझेदारी गरेका थिए । 

जारी खेलको ११ ओभरको खेल सकिँदा गौस र दिनेश क्रमशः ६७ र ४५ रनमा खेलिरहेका छन् । यी दुईबीचको साझेदारी अझै पनि जारी छ । पोखराले विकेट नगुमाई १२० रन बनाएको छ ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७० रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro