site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पहिलो जित निकाल्न कर्णालीले चितवनबाट पायो १३१ रनको लक्ष्य 

काठमाडौं । इंग्ल्यान्डका अलराउन्डर रवि बोपराको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्ससामु १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा १३० रन बनायो ।

चितवनबाट खेलिरहेका इंग्ल्यान्डका अलराउन्डर बोपराले ४० बलमा सात चौका र एक छक्कासहित अविजित ५९ रन बनाए । उनी लगातार दोस्रो अर्धशतक बनाउने एनपीएलको पहिलो खेलाडी समेत बने ।

कप्तान कुशल मल्ल २७ बलमा २३ रन बनाएर आउट भए । विपीन रावलले ११ जोडे ।

कर्णालीका कप्तान सोमपाल कामीले चितवनका २० वर्षीय ओपनर लक बेन्केनस्टेइनलाई बोल्ड गर्दै डक आउट गराएका थिए । अर्का ओपनर दीपक बोहराले आठ, जान निकोल इटनले नौ, सोहेल तनविर डक आउट भए । अमर रौटेलाले नौ रन बनाए । शरद भेषावकर ६ रनमा अविजित रहे ।

नेपाल यू–१६ टिमबाट खेलिसकेका कर्णालीका विपीन शर्माले चार ओभरमा २१ रन खर्चंदै तीन विकेट लिए । ओमानका पूर्वकप्तान जिसन मक्सूदले दुई र सोमपाल कामी, नन्दन यादवले समान एक विकेट लिए । गुल्सन झा, युनिशविक्रम ठकुरी र कर्णालीबाट पहिलो खेल खेलिरहेका अस्ट्रेलियाका विलियम बोसिस्टो विकेटविहीन भए । 

प्रतियोगितामा कर्णाली पहिलो जितको खोजीमा छ । कर्णाली यसअघि जनकपुरसँग आठ र काठमाडौंसँग तीन विकेटले पराजित भएको थियो ।

चितवन लगातार तेस्रो जितको खोजीमा छ । तनविर चम्किएपछि चितवनले पोखरालाई ८७ रन र काठमाडौंलाई पाँच विकेटले हराएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  ११:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro