site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चितवनविरुद्ध कर्णाली फिल्डिङमा 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले पहिले बलिङ गर्ने भएको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ : १५ बजेदेखि सुरु हुने खेलका निम्ति भएको टस जितेर कर्णालीका कप्तान सोमपाल कामीले फिल्डिङ रोज्दै चितवनलाई ब्याटिङमा निम्त्याएका हुन् । 

प्रतियोगितामा कर्णाली पहिलो जितको खोजीमा छ । कर्णाली यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग तीन विकेट पराजित भएको थियो ।

यता, चितवन भने प्रतियोगितामा आज लगातार तेस्रो जितको खोजीमा छ । चितवनले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको र दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  ०८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro