site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विराटनगरविरुद्ध पावरप्लेमा लुम्बिनीको उत्कृष्ट सुरुआत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पावरप्लेमा ५६ रन बनाएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको लुम्बिनीले ६ ओभरको खेल सकिँदा एक विकेट गुमाएर ५६ रन बनाएको हो ।

लुम्बिनीबाट हाल क्रिजमा रहेका कप्तान रोहितकुमार पौडेलले १२ र अर्जुन साउदले १२ रन बनाएका छन् ।

त्यसअघि लुम्बिनीले चौथो ओभरको पहिलो बलमा आशुतोष घिरैयालाई रनआउटको रूपमा गुमाएको हो । ननस्ट्राइकमा रहेका आशुतोष रन लिन अघि बढेको स्थितिको फाइदा उठाउँदै विराटनगरका निकोलस किर्टोनले उत्कृष्ट ‘थ्रो’ गर्दै रनआउट गरे ।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro