site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनपीएलमा ‘बेटिङ’, त्रिवि मैदानबाट चारजना समातिए

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ खेलाएको अरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार चारजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने चारैजना भारतीय नागरिक छन् । सोमबारको खेलमा बेटिङ गराएको आरोपमा दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मंगलबारको खेलमा बेटिङ गराएको आरोपमा अरू दुईजनालाई पक्राउ गरिएको सीआईबीका प्रमुख एवं एआईजी दीपक थापाले बाह्रखरीलाई जानकारी दिए ।

पक्राउ पर्नेमा भारतको पश्चिम बंगालस्थित कोलकाताका २४ वर्षीय सुमन घोष, उत्तर प्रदेशको कानपुरका २५ वर्षीय अमित यादव, बिहारका २७ वर्षीय सुमन्त कुमार र बिहारकै ३० वर्षीय ब्रजेश छन् । उनीहरूका साथबाट स्मार्टफोन ६ र भारतीय आधार कार्ड चारथान बरामद गरिएको सीआईबीले जनाएको छ ।

उनीहरूलाई कीर्तिपुरस्थित त्रिवि खेलमैदानबाटै पक्राउ गरिएको हो । उनीहरूविरुद्ध आज मुद्दा चलाउने तयारी गरिएको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro