site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिमविरुद्ध फिल्डिङमा विराटनगर

काठमाडौं । नेपाल प्रिमिय लिग (एनपीएल)को आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किंग्सले पहिले फिल्डिङ गर्ने भएको छ । 

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलका निम्ति भएको टस जितेर विराटनगरले फिल्डिङ रोज्दै सुदूरपश्चिमलाई ब्याटिङमा निम्त्याएको हो ।

प्रतियोगितामा सुदूरपश्चिको यो पहिलो खेल हो ।

यता, विराटनगरको भने आज दोस्रो खेल हो । विराटनगर यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो । 

यी दुई टिमबीचको खेल ९ः१५ बजेदेखि सुरु हुनेछ । खेलमा विराटनगर सन्दीप लामिछाने र सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रिनेछ ।

यी दुवै खेलाडी राष्ट्रिय क्रिकेट टिमकासमेत नियमित सदस्य हुन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  ०९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro