site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
हारपछि कर्णालीका कप्तान सोमपाल भन्छन्– १७० सम्म पुग्ने लक्ष्य थियो, ३० रन कम भयो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा हार बेहोरेपछि कर्णाली याक्सका कप्तान सोमपाल कामीले आफ्नो टिमले ३० रन कम बनाउँदा हार्नुपरेको बताएका छन् ।

आफ्नो पहिलो खेलमा सोमबार कर्णाली जनकपुर बोल्ट्ससँग आठ विकेटले हारेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा पूरा गर्दै जित निकालेको थियो ।

हारपछि कर्णालीका कप्तान सोमपालले योजनाअनुसारको योगफल बनाउन नसकेको बताए ।

“साझेदारी बनाउने सुरुको योजना सफल हुन सकेन । त्यसैले अन्तिममा जति सकिन्छ, रन बनाऔँ भन्ने थियो । १७० रन हाम्रो लक्ष्य थियो । तर, हामी ३० रन कम भयौँ । त्यसैले खेल गुमाउनुपर्‍यो ,” सोमपालले भने ।

उनले जनकपुरले राम्रो ब्याटिङ गरेको बताउँदै टोली जितका निम्ति योग्य रहेको प्रतिक्रिया दिए ।

“जनकपुरले एकदमै राम्रो गर्‍यो । आसिफ र अनिलले राम्रो गर्दै टिमलाई बलियो स्थितिमा राखे । आज जनकपुर जितका निम्ति योग्य थियो,” सोमपालले थपे ।

लगातार दोस्रो जित निकालेको जनकपुर चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । प्रतियोगितामा पहिलो खेल खेलेको कर्णाली भने तालिकाको पाँचौँ स्थानमा छ । 

मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल आठ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिता पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १९:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro