site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आसिफ र अनिलले बनाए एनपीएलमा कीर्तिमानी साझेदारी 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सका ओपनरद्वय आसिफ सेख र अनिल साहले कीर्तिमानी साझेदारी गरेका छन् ।

जनकपुरको यो ओपनिङ जोडीले एनपीएलमा पहिलो विकेटका निम्ति अहिलेसम्मकै ठूलो साझेदारी गरेका हुन् । यी दुईले सोमबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध ८४ रनको साझेदारी गर्दै यो कीर्तिमान बनाएका हुन् । 

यसअघि पहिलो विकेटका निम्ति चितवन राइनोजका ओपनरद्वय दीपक बोहरा र हसन आइसाखिलले १८ रनको साझेदारी नै अहिलेसम्मको ठूलो थियो । 

एनपीएलमा अहिलेसम्मकै ठूलो साझेदारी भने जनकपुरकै लहिरु मिलान्था र हर्ष थाकेरको नाममा छ । यो जोडीले प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर किंग्स्विरुद्ध ११६ रनको अविजित साझेदारी गरेका थिए ।
 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro