site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मार्टिन गप्टिल भन्छन्– काठमाडौंमा क्रिकेट खेल्न पाउँदा खुसी छु 

काठमाडौं । न्युजिल्यान्डका पूर्वओपनर मार्टिन गप्टिलले नेपालमा क्रिकेट खेल्न पाउँदा खुसी लागेको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्समा अनुबन्धित गप्टिलले शनिबार पहिलो खेलपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

लिगको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगरविरुद्ध आठ विकेटको जित निकालको थियो । “विकेट निकै कठिन थियो, तर समय लिँदै गएपछि सहज हुँदै गयो । आज समर्थकको उपस्थिति ठूलो थियो । मैले यसमा निकै रमाइलो गरेँ,” उनले भने ।

उनले अगाडि भने, “मैले नेपालीले क्रिकेट मन पराउँछन् भन्ने सुनेको थिएँ, आज देखेँ । काठमाडौंमा क्रिकेट खेल्न पाउँदा खुसी छु । आजभन्दा अघि नेपाली समर्थक देखेको थिइनँ, आज यहाँ देख्न पाएँ ।”

गप्टिलले न्युजिल्यान्डबाट ४७ टेस्ट, १९८ एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रियका १२२ खेल खेलेका छन् । यसक्रममा उनले टेस्टमा दुई हजार ५८६, एकदिवसीयमा सात हजार ३४६ र ट्वान्टी–२० मा तीन हजार ५३१ रन बनाएका छन् । गप्टिलले न्युजिल्यान्डबाट सन् २००३ मा डेब्यु गरेका थिए । सन् २०२३ मा सन्न्यास लिए ।

शनिबार जनकपुरविरुद्ध विराटनगरले १२७ रनको योगफल खडा गर्दा गप्टिलले ५५ रन बनाएका थिए । ४३ बलमा सात चौका र एक छक्का प्रहार गरेका गप्टिल प्रतियोगितामा पहिलो अर्धशतक बनाउने ब्याटर समेत बने ।

१२८ रनको लक्ष्यसहित मैदानमा उत्रिएको जनकपुरले १५.३ ओभरमा दुई विकेट गुमाएर जित निकालेको थियो ।

शनिबारदेखि सुरु प्रतियोगितामा आठ टिमको सहभागिता छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिताको फाइनल खेल आउँदो पुस ६ गते हुनेछ ।

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro